नेप्से १४.५३ अंकले घट्यो

न्युजलय १५ बैशाख २०८२, सोमबार ०३:४१ मा प्रकाशित

काठमाडौं । सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १४.५३ अंकले घट्दै नेप्से २६४७.०७ को बिन्दुमा ओर्लिएको छ ।

दोहोरो अंकले नेप्से घट्दै गर्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि उच्च गिरावट आयो । आइतबार १० अर्बमाथिको कारोबार भएकोमा सोमबार कारोबार रकम ८ अर्ब ९१ करोड रुपैयाँमै सीमित भयो । २ करोड ३६ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको हो ।

आज फाइनान्स र व्यापारबाहेक सबै समूहका सूचक घटे । कारोबारमा  आएका १६७ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मात्रै मूल्य बढ्यो ।