पाकिस्तानसँग नेपालको फराकिलो हार

न्युजलय १४ भदौ २०८०, बिहिबार ०४:०१ मा प्रकाशित

एजेन्सी । नेपाल एसिया कपमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा समेटिएको थियो । 


कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारीसँगै पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो । 


नेपालबाट आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्शन झाले १३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।


नेपालले उत्कृष्ट सुरुआत गरे पनि पछि पाकिस्तान हावी भएको थियो । पाकिस्तानले अन्तिम ८ ओभरमा १ सय १८ रन प्रहार गरेको थियो ।