नेकपा एमाले हतुवागढी ४ मा चतुरमान राईको नेतृत्वमा ३१ सदस्यीय समिति गठन

अर्जुन राई अपहेलित ७ कार्तिक २०७८, आइतबार ०३:४३ मा प्रकाशित

घोडेटार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशन अन्तर्गत भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ४ को प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शनिबार नेकपा एमाले जिल्ला कमिटी भोजपुरका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न गरिएको हो ।

हतुवागढी(४ लुङथुङमा सम्पन्न अधिवेशनबाट चतुरमान राईको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको नव निर्वाचित सचिवालय सदस्य जित बहादुर नेपालीले जानकारी दिए । 

त्यस्तै उपाध्यक्षमा अम्बिका कार्की, सचीवमा आसजित राई, सह(सचिवमा कृष्ण माङफाङ र वीर बहादुर राई चयन भएका हुन् । 

साथै नेकपा एमाले हतुवागढी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ७ को अधिवेशन एक साथ सम्पन्न गरिएको जनाइएको छ ।