इटहरी । चर्चित हास्य कलाकार तथा निर्माता निर्देशक दीपाश्री निरौला इटहरीको यिप्पे ल्यान्डमा पानीसँग रमाएकी छन् ।
परिवारसँग त्यहा पुगेकी उनले फेसबुकमा तस्वीरहरु सार्वजनिक गर्दै आफ्नै ठाउँमा रमाइलो भएको भन्दै लेखेकी छिन् ।
इटहरीको तालतलैया छेउमा पर्ने यो पार्क पछिल्लो समय आगन्तुकहरु को आकर्षणको केन्द्र बनेको छ । पार्कमा पानीको फोहोरा का साथै जुरासिक पार्क, बोटिङ लगायत विभिन्न खेलको मज्जा लिन सकिन्छ ।