नेप्से परिसूचक ३०.२४ अंकले बढ्यो

न्युजलय ३० चैत २०७८, बुधबार ०९:२६ मा प्रकाशित

काठमाण्डौ । बुधबार (आज) सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेको छ ।

नेप्से १.२७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.९७ अंकले बढेर ४५६.०९ विन्दुमा पुगेको छ । 

कूल २२९ वटा कम्पनीको ३३ लाख ९८ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ६३ लाख १८ हजार एक सय ४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।