नेप्से ९.३४ अंकले बढ्यो

न्युजलय १५ फाल्गुण २०८०, मङ्गलबार ०९:३४ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको शेयरबजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ  । 

आज  ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १४३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको शेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।