काठमाडौं । छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं क्यान्सर रोगसँग लडिरहेकी छिन् । उनलाई घाँटीको क्यान्सर भएको उनका श्रीमान मुरारी गुरागाईले जानकारी दिएका हुन् ।
छन्द कविता वाचिकाको परिचय बनाएकी गुरागाईंको अहिले अमेरिकाको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचार भइरहेको छ । गुरागाईको अनुसार बिहीबार उनको थाइराइडको शल्यक्रिया भएको छ ।
सरुका श्रीमान् मुरारीले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गरेका हुन् ।
गुरागाईं दम्पत्तिका दुई सन्तान छन् । ७ वर्ष र २२ महिनाका दुई छोराहरु छन् । उनीहरुको घर इलाम हो । उनीहरु १५ महिनादेखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूवमा हाल्ने गर्दै आएकी थिइन् ।