भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हतुवागढी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार नेकपा एमाले भोजपुरका अध्यक्ष तथा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यता उक्त अधिवेशन सम्पन्न गरिएको हो ।
अधिवेशनबाट बिचारी थापाको अध्यक्षतामा ७५ सदस्यीय समिती गठन गरिएको छ ।
त्यस्तै उपाध्यक्षमा अर्थ राई, सचीवमा लालबहादुर प्रधान र उपसचीवमा सञ्जाल राई र तिर्थ कुमारी राई निर्वाचित भएका हुन् ।
नवनिर्वाचित थापाकै अध्यक्षतामा सम्पन्न अधिवेशनमा विशिष्ट अतिथि तथा भोजपुर जिल्ला क्षेत्र नम्बर २ का पूर्व माननीय राष्ट्रपती कार्यालयका पूर्व आर्थिक सल्लाहकार धनहर्क राई लगाएत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।