हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

न्युजलय १७ भदौ २०८२, मङ्गलबार ०५:०९ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । गत वर्ष नेपालका विभिन्न हिमाल आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । 

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा आरोहणबाट रु एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ ।  सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमालबाट रु एक करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ । 

यस्तै विश्वको अग्लो सगरमाथा हिमालबाट ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व सङ्कलन भएको छ । 

यस याममा २३ हिमालको सफल आरोहण गरिएको थियो । जसमा छ सय ७८ पुरुष र एक सय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमालको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ ।

यसबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।