कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा सर्‍यो

न्युजलय २८ कार्तिक २०८२, बिहिबार ०५:१४ मा प्रकाशित

इटहरी । कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा सरेको छ । कटहरीस्थित फलफूल तथा कृषि थोक बजारबाट प्रदेशसभा सचिवालय सञ्चालनमा आएको हो ।

२४ भदौमा जेनजी आन्दोलनका कारण कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि कटहरी गाउँपालिकाको कृषि बजार भवनमा सरेको छ ।

आन्दोलनपछि विराटनगरकै वीरेन्द्र सभागृहलाई प्रयोग गर्ने तयारी भए पनि अवलोकनपछि त्यो स्थान प्रयोगका लागि योग्य ठहर नहुने देखिएपछि बैठक र सचिवालय दुवै कटहरीस्थित कृषि भवन परिसरमा सार्ने निर्णय गरिएको थियो ।

तरकारी बजारका लागि कटहरी गाउँपालिका–१ जमटोकीमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँमा संरचना बनाइएको थियो ।