साेलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यतिखेर भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टाेलीहरुले भरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा 'उंचाई' नामक बलिउड चलचित्र छायाङ्कन भइरहेको छ ।
छायाङ्कनका लागि एक सय ५० जना भारतीयसहित चार सय १७ जना सिनेकर्मीको टाेली एक हप्तादेखि खुम्बुमा रहेका छन् । भारतीय चर्चित कलाकार अनुपम खेर, अभिनेत्री परिणीति चाेपडासहित अभिनेता बाेमन इरानी, सारिका हसन लगायतका कलाकार खुम्बुमा आएका छन् ।
छायांकन पछि यो टोली असोज ३१ गते काठमाण्डौ हुँदै मनाङ प्रस्थान गर्ने छ । झन्डै साढे दुई घण्टाको यस चलचित्रमा ५५ मिनेट दृश्य नेपालको रहने शुटिङ युनिटले जनाएको छ ।