बढ्यो सुनको भाउ

न्युजलय ५ पुस २०७८, सोमबार १२:१० मा प्रकाशित

 काठमाडौँ । सोमबार(आज) सुनको भाउ बृद्धि भएको छ । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले बढेको हो । आइतबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९३ हजार ८०० रुपैयाँ पुगेको हो । 

यसैगरी तेजावी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार थियो भने आज ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ भने हिजोकै मूल्यमा अर्थात एक हजार २४५ रुपैयाँमा कारोबार हुनेछ ।