काठमाडौँ । मेक्सिकोको उत्तरी नुएभो लिओन राज्यमा चुनावी अभियानको र्यालीका क्रममा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
अरू १५ जना घाइते भएका छन् । सो दुर्घटना राष्ट्रपति पदका उम्मेदवार योर्ज अल्भारेज मेनेजको र्यालीमा भएको हो ।
मोन्टर्रे नजिकै रहेको सान पेद्रो गार्जा सहरमा मेनेजले भाषण दिइरहेका बेलामा स्टेज भत्किएको थियो । अचानक आँधी आउँदा स्टेज भत्किएको माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमार्फत मेनेजले भनेका छन् ।