युएईमाथि नेपालको जित

न्युजलय १८ असार २०८०, सोमबार ०४:३२ मा प्रकाशित

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको सेमिफाइनल खेलमा नेपाल विजयी भएको छ । जिम्बाबेको हरारे क्रिकेट मैदानमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।

खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले युएईलाई ४६ ओभर ५ बलमा १ सय ८१ रनमा अलआउट गरेको थियो । नेपालबाट करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिएका थिए । 

सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

नेपालले अब सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि नेपालको विश्वकप सपना समाप्त भएको थियो ।