काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनी १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
सम्झौतामा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् । हाल कम्पनीको अधिकृत पूँजी रू. १० करोड रहेको छ ।
संस्थापकहरुबाट चुक्तापूँजी रू.२ करोड ६८ लाख छ । आईपीओ निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू.४ करोड पुग्नेछ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।