काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १९७२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २८.६८ अंक घटेको हो ।
दिनभर कुल २ अर्ब ५९ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब ३ करोडको कारोबार भएको थियो । कुल २२० कम्पनीको मूल्य घट्दा १७ को बढ्यो भने ११ को स्थिर रह्यो ।
सबै समूहका सूचक घटेका छन् ।