काठमाडौं । चैत १५ गते काठमाडौमा भएको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन् । भारतको आसाम राज्यबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईं आफ्नो गाडी नेपालमा छाडेर भारत पसेको सुचना पाएको प्रहरीको विशेष टोलीले भारत केन्द्रीत खोजी गरेको थियो ।
यसबिचमा प्रसाईंले दुई वटा भिडियो सामाजिक सञ्जालमा समेत अपलोड गरेका थिए । उक्त भिडियोमा उनले आफू भागेको नभइ सुरक्षित स्थानमा बसेको बताएका थिए ।
प्रसाईको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने लुटपाट र तोडफोड समेत भएको थियो । प्रहरीले घटनाको मुख्य योजनाकार प्रसाई भएको आरोप लगाएको छ ।