काठमाडौँ । बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको हो
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनको भाउ दुई लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो।
यता, मंगलबार चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार ३० रुपैयाँले बढेर चार हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।