काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गरेकी छिन् ।
अभिनेत्रीले सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना फ्यानहरूसँग खुसीको खबर सेयर गरेकी हुन् । सोनाक्षीको अचानक इन्गेजमेन्टको खबरले फ्यानलाई चकित बनाएको छ तर यो खबर सुनेर फ्यानहरू खुसी पनि छन् ।
सोनाक्षीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तीन फरक फोटो सेयर गरेर आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गरेकी छिन् ।
तर, सोनाक्षीको मायालु पार्टनर को हो भन्नेमा सस्पेन्स भने कायमै छ किनभने अभिनेत्रीले तस्बिरमा आफ्नो पार्टनरको अनुहार देखाएकी छैनन् ।
अभिनेत्रीले पार्टनरको नाम भने खुलाएकी छैनन् तर रिपोर्टका अनुसार सोनाक्षीका पार्टनर अरु कोही नभई ‘नोटबुक’ फेम अभिनेता जहीर इकबाल हुन् ।