काठमाडौँ । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
मङ्गलवार काठमाडौँबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।