काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू १९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।
केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबार यूएई पुगेको थियो । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् ।