काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँ थियो
त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ ।