काठमाडौं । बुधबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) घटेको छ । नेप्से ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा कायम भएको छ ।
बुधबार कारोबार भने ३ अर्ब माथि गएको छ । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँ बराबरको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटक किनबेच भएको छ ।
आज ३०५ कम्पनीको शेयर किनबेच हुँदा १४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।