प्रदेश १ मा आज ६१ जनामा कोरोना पुष्टि

न्युजलय २९ कार्तिक २०७८, सोमबार ०७:५५ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण देखिएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।