नेप्से आज पनि ओरालोतिर

न्युजलय १३ असार २०८१, बिहिबार ०९:३५ मा प्रकाशित

काठमाडौं । बिहीबार सेयर बजार एकल अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन बुधबार सेयर बजार ११.६० अंकले घटेको थियो।

सेयर बजार ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। ३३३ स्क्रिप्सको ८९ लाख  १ हजार १९५ कित्ता सेयर  ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँमा खरिदबिक्री भयो।