काठमाडौँ । आइतबार नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ।
नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको हो। यो २०७९ जेठ ४ गते यताको उच्च विन्दु हो।
बिहीबार कारोबार रकम पाँच महिनायताकै उच्च रहेको छ। यसअघि गत माघ ७ गते सात अर्ब ६७ करोडको सेयर कारोबार भएको थियो।
बिहीबार सात अर्ब आठ करोड छ लाख ९८ हजार १४६ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५४ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३०९ वटा धितोपत्रको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।