काठमाडौँ । बुधबार सेयर बजारमा हरियाली छाएको छ । लगातार ७ कारोबार दिन घटेको बजार आज भने ४४.५९ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.७० प्रतिशतले बढेर २६५२.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ ।
आज सेयर बजारमा ३ अर्ब ८६ करोड माथिको कारोबार भएको छ । आज ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटक खरिद बिक्री गर्दा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको कारोबार भएको छ ।