काठमाडौँ । शेयरबजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । नेप्से सूचक आज ५.८० अंकले घट्दै २ हजार ५६०.२९ अंकमा ओर्लिएको हो ।
आज कारोबार रकममा समेत केही कमी आउँदै ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँबराबरको शेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज ले जनाएको छ । अघिल्लो दिन ३० अंकमाथिले सूचक घट्दा ४ अर्ब ५६ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक सामान्य बढेपनि बाँकी १० वटा उपसूचकहरू भने ऋणात्मक भएका छन् ।