बार्सिलोनाको मैदानमा रियलको जित

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०१:१३ मा प्रकाशित

काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत यस सिजनको पहिलो एल क्लासिको खेलमा रियल मड्रिड विजयी भएको छ ।


आइतबार भएको खेलमा रियलले बार्सिलोनालाई उसैको मैदानमन २-१ ले पराजित गरेको हो ।


बार्सिलोनाको मैदान नोउ क्याम्पमा रियलका लागि डेभिड अलाबा र लुकास भास्क्वेजले गोल गरे। बार्सिलोनाका सर्जियो अगुएरोले एक गोल फर्काए ।


खेलको ३२औं मिनेटमा अलावाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्जुरी टाईममा भास्क्वेजले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।


इन्जुरी टाईममै अगुएरोले एक गोल फर्काए पनि बार्सिलोनाले हार टार्न सकेन । रियलले लगातार चौथो पटक एल क्लासिको जितेको हो ।


जितपछि ९ खेलबाट ३० अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ ।


बार्सिलोना १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।