मोरङ । मोरङको रंगेलीमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ ।
रंगेली–८ स्थित दर्बेशा चौकमा मे १ ख २२९१ नम्बरको मिनि ट्रकको ठक्करबाट पदैल यात्री २८ बर्षीय शनि राजबंशीको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयल विराटनगरले जनाएको छ ।
कार्यालयका अनुसार बुधबार (आज) बिहान दक्षिण तर्फ आउँदै गरेको उक्त ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
दुर्घटनापछि ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाऊपालिका–६ का ३२ बर्षीय जितेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।