नेप्सेमा ७ अंकको गिरावट

न्युजलय ३ माघ २०८१, बिहिबार ०३:२९ मा प्रकाशित

काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । 

आज नेप्से परिसूचक ७.३३ अंकले घटेर दुई हजार ५८८.६२ अंकमा बजार बन्द भएको हो ।

यसदिन कारोबार रकम भने थोरैले बढेको छ । बुधबार ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएकोमा आज ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको  १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएको छ ।