पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा ५१ वर्षीय रूपा लिम्बूको हत्याका आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बू रहेका छन् । प्रहरीका अनुसार रूपामाथि खुकुरी प्रहार गरेर उनी फरार भएका थिए ।
लिम्बूलाई पाँचथरको हिलिहाङ–५ सुम्लिबुङमा लुकिछिपी अवस्थामा बसेको बेला पक्राउ गरिएको पाँचथरका प्रहरीले जानकारी दिएको छ ।
आरोपीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ ।