रुखबाट लडेर घाइते सुन्दरहरैंचाका पोख्रेलको उपचारमा आर्थिक समस्या

न्युजलय २० कार्तिक २०८२, बुधबार ०१:०५ मा प्रकाशित

काठमाडौं । सुन्दरहरैचा नगरपालिका–१०, मोरङका स्थायी बासिन्दा ५२ वर्षीया गोबिन्द पोखरेलको आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएको छ। सामान्य ज्याला–मजदुरी गर्दै आएका पोखरेल रूखबाट लडेर गम्भीर घाइते भएका हुन्। उनी गत असोज २३ गतेदेखि आइसीयुमा भर्ना भई हाल एचडियुमा सारिएका छन्।


नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचाररत पोखरेल हाल कागेश्वरी मनोहरा नगरपालिका–९, काठमाडौंमा बस्दै आएका छन्। पहिलो चरणको शल्यक्रिया भए पनि दोस्रो चरणको शल्यक्रिया हुन नसकेको उनकी श्रीमती भगवती पोखरेलले बताएकी छन्। उनका अनुसार, बिरामीको कम्मरदेखि मुनिको भाग नचल्ने भएकाले थप शल्यक्रियाका लागि ठूलो रकम आवश्यक परेको छ।


दैनिक ज्याला–मजदुरी गरेर गुजारा गर्दै आएको परिवारका मुख्य आर्जक नै बिरामी परेपछि उनी अहिले सहयोगी मनहरूसँग उपचारका लागि सहयोग मागिरहेकी छन्।


हालसम्म करिब पाँच लाख रुपैयाँ खर्च भइसकेको र तत्काल थप तीन लाख रुपैयाँ आवश्यक परेको बताउँदै भगवती पोखरेलले आफन्त र सहयोगी मनहरूसँग सहयोगको अपिल गरेकी छन्। हाल बिरामी होसमा आए पनि कम्मरमुनिको भाग नचल्दा अवस्था गम्भीर नै रहेको उनले बताइन्।


सहयोग गर्न चाहनेहरूले बिरामीकी श्रीमती भगवती पोखरेलको नबिल बैंक खाता नं. 0910017502933 मा रकम जम्मा गर्न सक्नेछन्, वा तल दिइएको क्युआर कोड स्क्यान गरेर सहयोग गर्न सकिनेछ।