हुम्लामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

न्युजलय ३ कार्तिक २०७८, बुधबार ०६:२० मा प्रकाशित

 हुम्ला । हुम्लामा पहिरोमा पुरिएका ६ जनाकै ज्यान गएको छ । 

पहिरोले खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँका धनवीरे शाहीको घर पुरिँदा उनीसहित ६ जनाको ज्यान गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् । 

पहिरोमा ७० वर्षीय धनवीरेसहित उहाँकी ४० वर्षकी छोरी आशा शाही, ५५ वर्षका ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र, ५ वर्षीय हुमेश र तीन वर्षीय जसबहादुरको ज्यान गएको छ ।

हिजो नै पहिरोले घर पुरिए पनि बुधबार (आज) बिहान खोजीकार्य थालिएको थियो ।