सेयर बजारमा सामान्य गिरावट

न्युजलय २२ चैत २०८०, बिहिबार ०९:१३ मा प्रकाशित

काठमाडौँ । बिहिबार (आज) शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि कारोबार रकम भने सामान्य रुपले बढेको छ ।

आज पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.२४ प्रतिशतले घटेको हो ।

त्यसैगरी, सर्वोत्तम सिमेन्टको ५.८५ प्रतिशत, रिभर फल्स पावरको ४।०९ इमर्जिङ नेपालको ३.४६ प्रतिशत र तेह्रथुम पावरको ३.३१ प्रतिशतले सेयर मूल्य घटेको छ ।