३.६६ अंकले घट्यो सेयर बजार

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०९:४३ मा प्रकाशित

काठमाडौं । सेयर बजार आइतबार(आज) ३.६६ अंकले घटेको छ । 

कारोबारमा आएका मध्ये ७८ कम्पनीको सेयर मूल्य बढे पनि १०१ कम्पनीको सेयर मूल्य घट्यो भने १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

आइतबार कारोबारमा आएका १३ उपसमूह मध्ये ९ उपसमूह राताम्मै रह्यो भने चार उपसमूह सकारात्मक रह्यो ।

आइतबार मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ७.८० प्रंतिशतले बढ्यो । यस्तै साम्लिङ्ग पावर र नेपाल ल्युब आयल कम्पनीको सेयर धनीले पनि आजको दोस्रो बजारमा कमाइ गरे ।