रवि लामिछानेलाई थुनामै राख्न आदेश

न्युजलय २८ साउन २०८२, मङ्गलबार ०१:०० मा प्रकाशित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । उनलाई थुनामै पठाउने आदेश जिल्ला अदालतले दिएको छ । 


जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।


उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा चेकसहित साउन १९ गते सोमबार निवेदन दिएका थिए ।


उनले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गरेका थिए ।


तर उनको निवेदन अदालतले अस्वीकार गरेको छ ।