काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा सीमित भएको छ ।
बुधबार नेप्सेमा कुल ५ अर्ब १६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।