मोरङ । सुनवर्षी नगरपालिका–९ डायनिया का श्याम प्रसाद सिंहको ३ बर्षीय छोरा अजित सिंह पोखरीमा डुबी मृत्यु भएको छ ।
शनिबार आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगाधुईरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाईते भएका थिए । उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।