काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६ सय ६२ मत पाएका हुन् ।
उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।
मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा २ हजार २२७ मत खसेको थियो।