काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजु राणा को हातबाट टीका ग्रहण गरेका छन् ।
माता पिता दुवैजनाको निधन भइसकेका कारण प्रधानमन्त्रीले पत्नीको हातबाट टीका ग्रहण गरेका हुन् ।
बालुवाटारमै उनले दशैं मनाएका हुन् ।
यसअघि शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले दसैंमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धिको कामना गरेका थिए ।