आज जनैपूर्णिमा, रक्षाबन्धन मनाइँदै

न्युजलय १४ भदौ २०८०, बिहिबार ०६:३१ मा प्रकाशित

काठमाडौँ  ।  बिहीबार(आज) देशभरका तागाधारीले जनै धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । 

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । 

यसरी जनै र  रक्षाबन्धन धारण गरेमा नकारात्मक तìवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

दिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन रहेको छ । 

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेमसम्बन्ध प्रगाढ हुने विश्वास समाजमा रहेको छ । राखी बाँधेपछि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र विभिन्न उपहार दिने गर्दछन् ।