काठमाडौं । चलचित्र ‘चिसो मान्छे’ को ट्रेलर युट्युबको ट्रेडिङमा आउन सफल भएको छ ।
सोमबार रिलिज भएको ट्रेलर २४ घन्टा नपुग्दै २ लाख २४ हजार बढी दर्शकका साथ युट्युव ट्रेडिङको सातौं स्थानमा आउन सफल भएको हो ।
वैदेशिक रोजगारीमा गएको श्रीमान काठको बाकसमा फर्किएपछि नव यौवन भर्खर सुरु हुँदै गरेकी श्रीमतीका चोट ट्रेलरमा देख्न सकिन्छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल लगायतका अभिनय रहेको छ ।
शर्मिला पाण्डेको निर्माण रहेको चलचित्र डिएस डिजिटलको ब्यानरमा बनेको हो । फिल्म असार ३ गते देशभर रिलिज हुँदैछ ।