नेप्सेमा ३०.८९ अंकले गिरावट

न्युजलय २० चैत २०७८, आइतबार ०९:२६ मा प्रकाशित

काठमाडौं । आइबार(आज) सेयर बजार परिसूचक नेप्से १.२१ प्रतिशतले घटेर बन्द भएको छ । 

आज नेप्सेमा ३०.८९ अंकले गिरावट हुँदा २५१३.४१ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा म्युचुअल फन्ड उपसूचक भने स्थिर रह्यो । बजार परिसूचक ओरालो लाग्दै जाँदा कारोबार रकम पनि सुस्ताउँदै गएको छ ।  

आइतबार बजारमा कारोबार रकम डेढ अर्बबाट पनि तल झरेको छ । आज दिनभर बजारमा एक अर्ब ४६ करोडको कारोबार भयो ।