काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से सोमबार(आज) ३५ अंकले घटेको छ ।
३४.९५ अंकले घटेसँगै नेप्से २३८६ अंकमा कायम भएको छ । सोमबार २ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । आइतबार साढे २ अर्बको कारोबार भएको थियो ।
बैंकिङ १६, विकास बैंक ८६, फाइनान्स २६, जलविद्युत ५१, जीवन बीमा १९९, उत्पादन ५४, माइक्रोफाइनान्स ७६, निर्जीबन बीमा १५०, अन्य ४२ र ब्यापार उपसमूह ९ अंकले घटे ।
होटल तथा पर्यटन भने ४ अंक बढ्यो । कुल २७ कम्पनीको मूल्य बढ्यो भने १६३ को घट्यो, ६ को भने स्थिर रह्यो । जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो ।