बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना

न्युजलय ७ कार्तिक २०८३, शुक्रबार १२:११ मा प्रकाशित

काठमाडौं । बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् । 

यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुईको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ । 

भारी वर्षाको सम्भावना विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म बढी रहेको उनले जानकारी दिएका छन् ।