जनकपुर खानेपानी संस्थाका निमित्त प्रमुखलाई मोसो दलेर घुमाइयो

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०९:२० मा प्रकाशित

जनकपुर । जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीले अर्धनग्न बनाएर नगर घुमाएको छ।  

जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै कुशवाहालाई बिहीबार अर्धनग्न गरेर नगर घुमाएका हुन्।

पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिटसमेत गरेका थिए।

नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका हुन्। 

जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलमा सडक निर्माणका क्रममा ढल निकासको समस्याबारे निमित्त प्रमुख कुशवाहालाई पटक पटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताए।

प्रहरीले घटनामा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।