इटहरी । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । पहिलो दिन आज नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
आज देशभर सार्वजनिक विदा दिइएको छ ।
नयाँ वर्षमा शुभकामना व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ ।