नेप्से परिसूचक करिब २४ अंकले घट्यो

न्युजलय ५ मङ्सिर २०८०, मङ्गलबार ०९:१८ मा प्रकाशित

काठमाडौं । मंगलबार (आज) सेयर बजार मापक नेप्से परिसूचक करिब २४ अंकले घटेको छ । नेप्से परिसूचक  २३.८२ अंकले घटेर १८२९.६५ को बिन्दुमा झरेको छ ।

आज २८५ धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड चार लाख ७९ हनार ५८३ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.२५ प्रतिशतले घटेर ३५२।०५ को बिन्दुमा कायम भएको छ । 

आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८।१३ प्रतिशत र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७।४६ प्रतिशतले बढेको छ ।


न्