नेकपा एमाले विराटनगरको अध्यक्षमा सागर थापा

न्युजलय १० कार्तिक २०७८, बुधबार ०७:५८ मा प्रकाशित

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज (बुधबार) भएको अधिवेशनबाट अध्यक्षमा सागर थापा छनोट भएका छन् ।


यस्तै, उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जयप्रकाश महतो सर्वसम्मत निर्वाचित भएका छन् ।